मेचु धिमाल र साहिल लिम्बुको ‘सिंगो संसार’ सार्वजनिक

काठमाडौं । अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन्। थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ।

साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ। त्यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, सिङ्गो संसार। यसमा मेचु धिमालले स्वर दिएकी छिन्।

गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुलेकी उनले यसमा मीठो भाका हालेकी छिन्। मेचुलाई स्वरमा साथ दिएका छन्, साहिल लिम्बुले। उनी पनि भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक हुन् ।

footwear zone

गीतमा गायिका मेचु धिमालको शब्द तथा संगीतको हो। किरण राईको छायाँकन तथा सम्पादन तथा मेचु धिमालको निर्देशन भिडियोमा रहेको छ।

’सङ्गो संसार’ गीतमा मेचु र साहिलको अभिनय समेत देख्न सकिन्छ। गीतमा मायामा रहेका प्रेमील जोडिको रचनात्मक प्रेम सम्बन्धलाई देखाउन खोजिएको छ।

You might also like

Comments are closed.