माओवादीले दुई महिने अभियान चलाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आगामी दुई महिना पार्टीका सबै नेता तथा कार्यकर्तालाई सङ्गठन निर्माणमा परिचालन गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले पार्टीका सबै जनवर्गीय संग्ठन, जनसंग्ठन एवं सहायक संग्ठनको बैठक आयोजना गर्ने निर्णय गरेको छ। सो बैठकसँगै पार्टीको प्रदेश तथा जिल्ला समन्वय समिति एवं स्थानीय समितिको बैठक आयोजना गरिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध गएर घात तथा प्रतिघात गर्नेसम्बन्धमा पनि स्थानीय रुपमा नै समीक्षा गर्ने निर्णय बैठकले गरेको छ।

footwear zone

जनतासँग जोडिएर पार्टीको समग्र अवस्थाको मूल्याङ्कन गरेर आगामी दुई महिनापछि केन्द्रीय समितिको बैठक बोलाइने प्रवक्ता महराले जानकारी दिए ।

You might also like

Comments are closed.