सुन्दर यातायातको आजदेखि विद्युतीय बस सञ्चालन बन्द

काठमाडौं ।  सुन्दर यातायातकाे आजदेखि विद्युतीय बस सञ्चालन बन्द गरेको छ।

नेपाल सरकार विद्युत नियमन आयोग र विद्युत प्राधिकरणले पटक-पटक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको अतिरिक्त डिमान्ड शुल्क नहटाएको भन्दै सुन्दर यातायातले आजदेखि आफ्नो सेवा बन्द गर्ने चेतवनीसहित आइतबार विज्ञप्ति जारी गरेको थियो।

विज्ञप्तिमार्फत सुन्दर यातायातले विद्युत खपत बढाउन भन्दै सरकारले नाटकीय रूपमा आह्वान गर्ने र आफ्नो निर्णय आफैं कार्यान्वयन नगरी जनताद्वारा सञ्चालित विद्युतीय सवारी साधनमा रोक लगाउन चाहेको आरोप लगाएको छ।

footwear zone

कम्पनीका अनुसार गत वर्ष नै डिमान्ड शुल्क हटाउने निर्णय भएको थियो तर अझै पनि विद्युत प्राधिकरणले अतिरिक्त डिमान्ड शुल्क लिँदैछ। यातायाले आफ्ना विद्युतीय मेसिनरस्टेसन र विद्युतीय बस सञ्चालन बन्द गरेको हो।

कम्पनीले सरकारको उक्त योजनाका कारण कम्पनीले आफ्नो सेवा बन्द गर्न बाध्य रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।

You might also like

Comments are closed.