८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

सोलुखुम्बु। सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। साहस ऊर्जा कम्पनी लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षणका क्रममा थियो ।

सोलुदधुकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी चार हजार छ सय ७९ मिटर लामो सुरुङमार्ग र १९ सय ३८ मिटर लम्बाइको पाइपलाइनमार्फत थुलुङ दुधकोशी गाउँपालिका–३ मैकुबेसिमा खसाई ८६ मेगावाट विद्युत् उत्पादन गरिएको हो ।

नदी प्रवाहमा आधारित विद्युत् आयोजना लाम्माने सबस्टेशनमा रहेको १३२ केभिए सोलु करिडोरमा जोडिएको छ । साहास ऊर्जाको विद्युत गृहदेखि लाम्मानेसम्म १३ किलोमिटर ग्रीड निर्माण गरी आयोजनाले १३२ केभी प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको ग्रस हेड ६ सय १३ मिटर छ ।

footwear zone

परीक्षण सफल भएपछि आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहास ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले बताए । विसं २०७२ को असोजमा विद्युत् विकास विभागबाट जेनेरेशन लाइसेन्स लिएको कम्पनीले सिभिल क्षेत्रको निर्माणको जिम्मा इटालीयन कम्पनी सिएमसिदि रिभेन्नाले पाएको थियो ।

सम्झौताअनुसार काम नगरेको भन्दै इटालीयनसँग ठेक्का तोडेर फेरि नयाँ ठेक्का आह्वान गरिएको थियो । आयोजनाको हाइड्रो मेकानिकलको ठेक्का माछापुच्छ्रे एण्ड मेटल वर्क सप र इलोक्ट्रो मेकानिकलको ठेक्का भाइथ हाइड्रोले लिएको थियो । कूल २५ प्रतिशत संस्थापक तथा शेयरधनी र ७५ प्रतिशत बैंकको लगानीमा करिब १३ अर्बको कूल लागतमा निर्माण सम्पन्न भएको हो । -रासस

You might also like

Comments are closed.