विद्युत् प्राधिकरणले सञ्चालनमा ल्यायो ‘एनइए एप’

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले मोबाइल एप ‘एनइए’ एप सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने तथा गुनासो समेत व्यवस्थापन गर्न सजिलो हुने गरी मोबाइल एप सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ।

यस एपबाट मिटर रिडिङ, बिलिङ, महसुल, भुत्तानी चार्जिङ स्टेसनहरुको जानकारी तथा विद्युत आपूर्ति सम्वन्धी विविध सूचना तथा जानकारी प्रदान र गुनासो व्यवस्थापन समेत गर्न सकिने प्राधिकरणले जनाएको छ ।

footwear zone

यो एप प्रयोगका लागि ग्राहकले आफ्नो मोबाइलको ‘प्ले स्टोर’ वा एप स्टोरमा गई एनइए अफिसियल एप सर्च गरी डाउनलोड गर्न सकिने छ । त्यस्तै , यो एप डाउनलोड गरी मोबाइल एपको उपयोग गरी भरपुर लाभ लिन प्राधिकरणले अनुरोध समेत गरेको छ ।

 

You might also like

Comments are closed.