नक्कली लाइसेन्स बनाउने र बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

काठमाडौं ।  सवारीसाधनको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नक्कली सवारी चालक अनुमतिपत्र बनाएर प्रयोग गर्ने पर्साको वीरगञ्ज महानगरपालिका–२५ घर भई काठमाडौं बस्ने २४ वर्षका पारस शाहलाई पक्राउ गरेको हो ।

केही व्यक्तिले लिखत कीर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गर्दै आइरहेको छ भन्ने सूचनाका आधारमा अनुसन्धान तथा खोजतलास गर्दा शाह पक्राउ परका हुन् ।

शङ्का लागेर उनको शरीर खानतलासी गर्दा ‘इ’ वर्गको लाइसेन्सलाई ए, बी र इ वर्गको नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गरेको फेला परेको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

footwear zone

उनका अनुसार शाहलाई लिखत कसुरमा अनुसन्धान तथा थप कारवाहीका लागि आज प्रहरी वृत्त गौशालामा बुझाइएको प्रहरीले जनाएको छ ।

यस्तै कार्यालयले आज बैंकिङ कसुर मुद्दाका फरार धादिङको गङ्गा जमुना गाउँपालिका–६ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ बस्ने ५० वर्षीय पुरनबहादुर घलेलाई आज पक्राउ गरेको छ । उनी बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ पुस २४ गतेको फैसलाले रु ३६ लाख ८८ हजार पीडितलाई बिगो भराइ रु ३६ लाख ८८ हजार जरिवाना, रु एक लाख ४७ हजार क्षतिपूर्ति शुःल्क भराउनुका साथै आठ दिन कैद सजाय ठहर भई फरार रहेका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौंले पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा बुझाएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । रासस

You might also like

Comments are closed.