विपन्नलाई निःशुल्क स्वास्थ्य शिविर

दैलेख । दैलेखमा सुरु गरिएको निःशुल्क शिविरबाट दैलेख, कालीकोट, जाजरकोट, अछामलगायत पाँच जिल्लाका ७५ जना विपन्न नागरिकले सेवा लिएका छन् । शिविरमा हड्डीसम्बन्धी विभिन्न समस्या भएका एक हजार दुई सय ३१ जना बिरामीले निःशुल्क सेवा पाएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबाट आएको विशेषज्ञ टोलीले निःशुल्क उपचार सेवा प्रदान गरेको हो ।

आर्थिक अभावले काठमाडौँसम्म उपचार गर्न नसकेर बिरामी अवस्थामै घरमा बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै दैलेखमा निःशुल्क शिविरको आयोजना गरिएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले जानकारी दिए।

शनिबारदेखि सुरु भएको शिविरमा विशेषज्ञ डाक्टरद्वारा निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको विशेषज्ञ डाक्टर मुक्ती तिमिल्सेनाले बताए ।

footwear zone

शिविरमा विदेशी विशेषज्ञ क्याट्रिना हेगेन, नेपालका छ जना विशेषज्ञ डाक्टरसहित १८ जनाको टोलीले दैलेखमा निःशुल्क सेवा प्रदान गरेको हो । दैलेखमा समाधान हुन नसकेका कतिपय बिरामीलाई काठमाडौंमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने विशेषज्ञ क्याट्रिना हेगेनले बताइन् । आर्थिक अभाव र दुर्गम भएकै कारण उपचार गर्न नपाएका नागरिकका लागि शिविरले प्रदान गरेको सेवा निकै प्रभावकारी देखिएको छ । रासस

You might also like

Comments are closed.