लेखनाथमा सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरिय कार्यक्रम सम्पन्न

पोखरा ।  पोखरा – भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ‘नेसनल रोड सेफ्टी काउन्सिल नेपाल’ को आयोजना, नासा नेपालको संयोजन तथा नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । शनिबार लेखनाथ उद्योग वाणिज्य संघको हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

गण्डकी प्रदेशका पेशागत, व्यवसायिक तथा सामाजिक क्षेत्रका ८० बढीकोे सहभागिता रहेको सो कार्यक्रममा प्रदेशकै पूर्वाधार नीति, कार्यक्रम तथा सुरक्षित यातायातको लागि विभिन्न कार्यपत्रहरुमा छलफल भएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसनका सदस्य गोविन्द भट्टराईले आजका यातायात क्षेत्रका मुख्य एजेन्डा, नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर सुरेश श्रेष्ठले सडक सुरक्षा दशक २०२१—३० को बारेमा र नेपाल उद्योग वाणिज्य महासंघका बोर्ड सदस्य बाबुराम गिरीले सडक सुरक्षामा पेशागत र व्यावसायिक क्षेत्रको भूमिकाको बारेमा प्रस्तुतिकरण दिएका थिए ।

footwear zone

दोश्रो सत्रमा यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेलले सडक सुरक्षा दशक २०२१—३० का महत्वपूर्ण पिल्लरहरु, अटोमोबाइल इन्जिनियर सुयोग खनालले मोटरसाइकलिङ सेफ्टी र सुरक्षित हेल्मेटको विषयमा प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसीराम भट्टराईले सडक सुरक्षाको लागि मन्त्रालयको धारणा राखेका थिए भने आर्थिक आवाजका सुरेन्द्र पौडेलले सडक सुरक्षाको निम्ति शैक्षिक संस्थाको पनि महत्वपूर्ण भूमिका रहने बताए । साथै, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले सडक सुरक्षाको निम्ति सबैको सहकार्य अपरिहार्य रहेको बताए ।

कार्यक्रममा ई. ब्रिजेन्द्र केसी र सुमन भट्टराई लगायतका वक्ताले आफ्नो धारणा राखेका थिए भने अन्त्यमा दिगो सडक र सुरक्षित यातायातको लागि बाबुराम गिरीको संयोजकत्वमा गण्डकी प्रदेश एलायन्सको १० सदस्यीय कार्यसमूह गठन गरियो ।

सो समूहमा ई ब्रिजेन्द्र केसी, सुमन भट्टराई, डा. मान बहादुर गुरुङ, सुरेन्द्र त्रिपाठी, कबिराज खनाल, सुरेन्द्र पौडेल, ई प्रवेश पौडेल, मोहन आचार्य र राधा तामाङ रहेका छन् ।

प्रदेशका पेशागत, व्यावसायिक तथा कल्याणकारी संघ संस्थाहरु र विज्ञहरुको सो वृहत सम्मेलनले आगामी दिनमा प्रदेश स्तरीय रोड सेफ्टी एक्सन प्लान निर्माण, सार्वजनिक यातायातको सुधार, सुरक्षित तथा डबल हेल्मेटको प्रयोग, प्रदेश रोड सेफ्टी काउन्सिल गठन, साइकल र पैदल यात्रु तथा व्हिलचियर युजर सुरक्षा, विद्यालय क्षेत्र सुरक्षित कार्यक्रम, स्पिड कन्ट्रोल र स्पिडिङ सम्बन्धी नीति, बसको गुणस्तरको चेकजाँच र घाइतेको समयमै उद्दार उपचार र पुनस्र्थापना लगायतका कार्यक्रम अवलम्बन गर्नुपर्ने निर्णय गरेको छ ।

You might also like

Comments are closed.