काठमाडौं । प्रभु क्यापिटल र सगरमाथा जलविद्युत कम्पनीबीच शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सोमबार शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा सगरमाथा जलविद्युत कम्पनीकातर्फबाट अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागाई र प्रभु क्यापिटलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका थिए । सोमबारदेखि लागू हुने गरी प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।
शेयर राजिष्ट्रारको रूपमा प्रभु क्यापिटलले सगरमाथा जलविद्युत कम्पनीको धितोपत्र कारोबारसम्बन्धी सम्पूर्ण विवरणको अभिलेख राख्ने एवं शेयरधनीको लगत अद्यावधिक गर्ने लगायत कार्य गर्नेछ ।






Comments are closed.