तरकारी खेतीबाट आत्मनिर्भर बन्दै किसान

चौतारा ।  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ मा पर्ने स्वाराथोकका किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् ।

२३ घरधुरी रहेको स्वाराथोक गाउँ टनेल गाउँका रुपमा परिचित भएको मात्र छैन सुक्खाग्रस्त क्षेत्रमा पनि तरकारी खेती सम्भव छ भनेर उदाहरण प्रस्तुत गर्न सफल भएको छ । परम्परागत खेती मकै, कोदोलगायत अन्न बालीबाट जीवन धान्न मुश्किल हुन थालेपछि तरकारी खेतीमा लागेको किसान राजु पुरी बताउछन् । पुरीका अनुसार स्थानीय गैरसरकारी संस्था टुकी सङ्घ सुनकोसीले टनेल निर्माणका लागि आवश्यक सामग्री, बीउबिजन र प्राविधिक सहयोगसमेत उपलब्ध गराएपछि अहिले स्वाराथोकमा एक घर एक टनेल निर्माण गरिएको छ ।

किसानको मागका आधारमा नै जापानी संस्था जाइकाको सहयोगमा आफूहरुले किसानसँग समन्वय र सहजीकरण गर्दै तरकारी खेतीका लागि वातावरण सिर्जना गरेको टुुकी संघ सुनकोसीका प्रमुख ज्ञानेन्द्र पौडेलले बताए ।

footwear zone

यो बस्ती पनि सुक्खाग्रस्त क्षेत्र हो । सुक्खाग्रस्त क्षेत्र भए पनि यहाँका किसान यतिखेर टनेल निर्माण गर्दै गोलभेँडा खेती गर्न व्यस्त छन् । गाउँस्तरीय खानेपानी उपभोक्ता समितिले जडान गरिदिएको धाराबाट १५ मिनेटजति पानी आउँछ । त्यही पानीलाई जोहो गर्दै गोलभेँडा खेती गर्दै आएको स्थानीय देवकी गिरी बताउछिन् ।

सिँचाइका लागि स्थानीय तहले प्रबन्ध मिलाइदिए तरकारी खेतीबाट आफ्नो जीवन नै फेरिने किसान अस्मिता लामा बताउछिन् । “अहिलेलाई त एउटा टनेलमा मात्र गोलभेँडा लगाएछौँ सिँचाइको राम्रो प्रबन्ध हुने हो भने हामी तरकारी खेतीलाई नै प्राथमिकतामा राखेर अगाडि बढ्नै छौँ”, किसान लामाले भनिन्। सुक्खाग्रस्त क्षेत्र घोषणासमेत भएको सिन्धुपाल्चोकको साँगाचोक क्षेत्रका अधिकांश बस्तीमा यतिखेर टनेल देख्न सकिन्छ । टनेलभित्र खासगरी गोलभेँडाका बोट लोभ लाग्दा भएर लहलाउँदा छन् । किरा नियन्त्रको व्यवस्था गरिएको छ भने थोपा सिँचाइले गोलभेँडाको बोटलाई बढ्न र हुर्कन मद्दत पु¥याइरहेको छ ।

पहिलोपटक तरकारी खेती गर्दै गरेका यहाँका किसान खेतीबाट आशावादी भएका छन् । जङ्गली जनावरले आफ्ना मेहनतमाथि नोक्सान पु¥याउने हो कि भन्ने चिन्ता पनि बढ्न थालेको यहाँका किसान बताउँछन् । रासस

You might also like

Comments are closed.