काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य घटाएसँगै विभागले बुधबारबाट लागु हुनेगरि सार्वजनिक यातायातको भाडादर घटाएको हो ।
विभागले एक सूचना जारी गरी इन्धनको मूल्यका आधारमा स्वचालितरूपमा भाडा समायोजन गरिएको जनाएको छ । यात्रुवाहक सवारी साधनको भाडा तीन दशमलब २० प्रतिशतले घटाइएको उक्त सूचनामा उल्लेख गरिएको छ ।
यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा चार दशमलब १९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा चार दशमलब ६५ प्रतिशतले भाडा घटेको जनाइएको छ । रासस




Comments are closed.