एभरेष्ट म्याराथन सहभागि हुने युकेको टोलीलाई मञ्चद्वारा बिदाई

पोखरा । एभरेष्ट म्याराथन जाने युकेको टोलीलाई नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बिदाई गरेको छ ।

७ सदस्यिय यूके निवासी नेपाली टोली अन्नपूर्ण घान्द्रुकस्थित मेश्रोम बराह मावीको सहयोगार्थ एभरेष्ट म्याराथनका लागि जान लागेको हो । यहि जेठ १५ गते आयोजना हुने एभरेष्ट म्याराथनमा सूर्य गुरुङको नेतृत्वमा तर्कजङ्ग गुरुङ, जुम प्रसाद गुरुङ, जित बहादुर गुरुङ, बुद्धिलक्ष्मी गुरुङ, फत्तबहादुर गुरुङ र सरोज लिम्बुले सहभागिता जनाउने छन् ।

टोलीलाई बिदाई गर्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले निश्चित उद्धेश्यका साथ एभरेष्ट म्याराथनमा सहभागि हुनु आफैमा गर्वको विषय रहेको बताउँदै उहाँहरुको सहभागिताले नेपाली खेलकुदको विकासमा थप टेवा पुग्ने बताए ।

footwear zone

यस्तै एभरेष्ट म्याराथनमा सहभागि हुने टोलीको नेतृत्व गरिरहेको सूर्य गुरुङले आफूहरुलाई मञ्चले बोलाएर बिदाई गरेकोमा आभार व्यक्त गर्दै आगामी संस्करणमा पोखरा म्याराथनमा समेत सक्रिय सहभागिताका लागि आफ्नो पहल हुने बताए । उनले भने–“एभरेष्ट म्याराथनमा सहभागिता विद्यालयको सहयोगका लागि हो । विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुको पठन–पाठनमा कुनै समस्या नहोस् भन्नका लागि हामीले च्यारिटीका लागि गरेका हौं ।”

सो अवसरमा पोखरा म्याराथनका सन्दर्भका बारेमा सहभागि टोलीलाई मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले जानकारी गराएका थिए ।

कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट र महासचिव कृष्ण तिमिल्सिनाले समेत आफ्ना भनाई राखेका थिए ।

यसै विच जेठ १५ गते आयोजना हुने एभरेष्ट म्याराथनमा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङसहित, महासचिव कृष्ण तिमिल्सिना र कोषाध्यक्ष महेश पौडेल समेत अवलोकनका लागि जाने भएका छन् । उनीहरुलाई अध्यक्ष पराजुली, संस्थापक अध्यक्ष रानाभाटले बिदाई गरेका थिए ।

You might also like

Comments are closed.