काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समिति साउदी अरेबिया अन्तर्गत रहेको क्षेत्रीय समन्वय समिती ताबुकको छैठौं अधिवेशनले २०२१/२०२३ का लागि नर बहादुर खतिवडाको अध्यक्षतामा नयाँ कार्यसकिति चयन गरेको छ । , श्रमिक अन्तरक्रिया कार्यक्रमका साथै विविध सास्कृतिक कार्यक्रम भब्यता साथ सम्पन्न भएको छ।
समितिको उपाध्यक्षमा युबराज पोखरेल र ओम थापा ,सचिवमा बुद्धि प्रसाद बास्कोटा , सहसचिवमा ज्ञान भक्त खड्का ,कोषाध्यक्षमा दिपक कार्की , सह कोषाध्यक्षमा प्रकाश थापा ,प्रवक्तामा शक्ति भट्ट र युवा संयोजकमा बिक्रम तिम्सिनाचयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा सुमन कार्की, बिकास झा, राजेश सिर्पाली, आइ बि गुरुङ, निलेस घिमिरे,राज कुमार अधिकारी, अप्सरा बुढाथोकी, सावित्रा बन ,रेशम थापा र रमेश गुरुङलाई निर्वाचित भएका छन् ।

साउदी अरबको बिगट मानिने ताबुक आस पासका सबै क्षेत्रका श्रमिकका समस्या , सुनवाई र सम्बोधन होस भन्ने हेतुले विभिन्न स्थानका नेपाली प्रवासीहरुलाई उक्त स्थानको प्रतिनिधित्व हुने गरि समितिमा समाबेस गर्नुका साथै बिगतका समिति रहेर उल्लेखनीय कार्य गरेका पदाधिकारीलाई सर्वसम्मतिले चयन गरेका एनआरएनएकर्मी देवी बहादुर सुतार कार्कीले जानकारी दिए।
नेपालीको लागि नेपाली” भन्ने मुल नारालाई ध्यानमा राखि धेरै भन्दा धेरै नपाली श्रमिकहरुलाई परेको समस्याको गुनासो सुन्ने, विगतमा झै नेपाली राजदूतावास र महावाणिज्यदूतावाससंग समन्वय गरि समस्याहरुको निराकरण गर्न हर हद सम्म लागि पर्ने , राहदानी नविकरण क्याम्प संचालनलाई निरन्तरता दिने, बेला बेलामा स्थानीय कलाकार द्वारा विविध सास्कृतिक साथै खेलकुद कार्यक्रमको आयोजना गरि प्रवासका नेपालीहरुलाई मनोरञ्जनको अनुभूति गराउने, श्रमिक सचेतनारजनचेतना कार्यक्रमहरु संचालन गर्ने जस्ता विविध कार्यक्रमहरु सन्चालन गराउने समेत ताबुक क्षेत्रीय समितिले पहल गर्ने जानकारी गराएको छ।
एनआरएन साउदीको रियाद क्षेत्रीय समितिको अध्यक्षमा महेश घिमिरे निर्वाचित भएका छन् भने पुर्बी क्षेत्रको
खोबर स्थानीय समन्वय समितिका अध्यक्षमा सुजित रोहिता ,दम्माम स्थानीय समन्वय समितिका अध्यक्षमा चित्र बहदुर मगर,जुबेल स्थानीय समन्वय समितिका अध्यक्षमा प्रमोद मडल,अव्किक अलहासा स्थानीय समन्वय समितिका अध्यक्षमा सुरेश सुब्बा, रहिमा स्थानीय समन्वय समितिका अध्यक्षमा गंगा गुरुङ र कतिफ तारुत स्थानीय समन्वय समितिका अध्यक्षमा शेर तरा निर्वाचित भएका छन् ।




Comments are closed.