के एल दुगड समुहको आयोजनामा विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं । के एल दुगड समुहले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त समुह अन्तर्गतका काठमाडौं कर्पोरेट अफिस तथा बिराटनगर, बिरगन्ज र नेपालगन्जका कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा उक्त समुह अन्तर्गत कार्यरत कर्मचारीहरुद्वारा नै रक्तदान गरिएको थियो ।
काठमाडौं, बिराटनगर, बिरगन्ज र नेपालगन्ज कार्यालय गरी कुल ११६ कर्मचारी द्वारा रक्तदान गरी ११६ पाइन्ट रगत संकलन भएको छ ।

विश्व रक्तदाता दिवस २०२३ को मुख्य नारा “रगत दिनुहोस्, प्लाज्मा दिनुहोस्, जीवन बाँड्नुहोस्, बारम्बार बाँड्नुहोस्” मा केन्द्रित रही यस समुहले विश्व रक्तदाता दिवस रक्तदान गरी मनाएको थियो ।  के एल दुगड समुहले, यस्ता किसिमका सामाजिक कार्य बिगतमा पनि गर्दै आइरहेको र भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिने बताएको छ ।

footwear zone

You might also like

Comments are closed.