काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबार हवाई यात्राको भाडा घटाएको हो ।
क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा रु पाँच सय ४० ले घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमराको भाडा रु ९० ले घटेको छ ।

यसैगरी काठमाडौं–भद्रपुरको रु तीन सय, काठमाडौं–विराटनगरको रु दुई सय ४०, काठमाडौं–धनगढीको रु चार सय ४५, काठमाडौं–नेपालगञ्जको रु तीन सय २५, काठमाडौं–भैरहवाको रु दुई सय १० र काठमाडौं–सुर्खेतको भाडा रु तीन सय ४५ ले घटेको छ । मंगललबार नेपाल आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर रु १० ले कम गरेको थियो । रासस




Comments are closed.