सेवा प्रवाह व्यवस्थित बनाउन अस्पतालका निर्देशकलाई निर्देशन

 

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपत्यका अस्पतालका निर्देशकलाई स्वास्थ्य सेवा प्रवाह व्यवस्थित बनाउन निर्देशन दिएका छन् । उनले सोमबार मन्त्रालयमा उपत्यकाका अस्पतालका निर्देशकहरूलाई सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न कुनै कमी हुन नदिन निर्देशन दिए ।

मन्त्री बस्नेतले कूल शय्याको १० प्रतिशत शय्या गरिबी, असहाय, विपन्न नागरिकलाई निःशुल्क व्यवस्था गर्न र सेवा प्रवाहका लागि व्यवस्था मिलाउन आवश्यक कार्यहरू गर्न तथा कुनै पनि बिरामीको उपचार सेवाबाट वञ्चित हुन परेको कुरा आफूले सुन्न नपर्ने गरी काम गर्न निर्देशनसमेत दिए ।

footwear zone

मन्त्रालयमा वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावल, कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौला, सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी र राष्ट्रिय ट्रमा सेन्टरका डा बद्री रिजाल लगायत सहभागी थिए । रासस

You might also like

Comments are closed.