काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबारको तुलनमा बिहीबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो ।
बुधबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।




Comments are closed.