२५ औं पोखरा सडक महोत्सवको सह संयोजकको जिम्मेवारी वैभव पौडेललाई

 

पोखरा ।  २५ औं पोखरा सडक महोत्सवको सह संयोजकको जिम्मेवारी वैभव पौडेललाई प्रदान गरिएको छ ।  रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराको अध्यक्ष नरेश भट्टराईको अध्यक्षतामा असार १३ गते वसेको कार्यसमिति सदस्य र सल्लाहकारहरु सहित वैठकवाट २५ औं पोखरा सडक महोत्सवको सह संयोजकमा वैभव पौडेललाई चयन गरेको हो । अघिल्लो वैठकवाट संयोजकमा विश्वराज पौडेललाई चयन गरिएको बताइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल” को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले पौष १३ गते देखि १७ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि।मि। क्षेत्रमा “सडकमै खाउ, सडकमै रमाउँ” भन्ने उद्देश्यका साथ आयोजना गर्न गइरहेको यस महोत्सवले एउटा गर्विलो इतिहास बोकेको छ । यस पालि पोखरा सडक महोत्सव को २५ औं संस्करण रजत जयन्ती रुपमा भव्य रुपमा मनाउन गैरहेका छौं । यहि २०८० पुस १२ देखि १६ गतेसम्म (डिसेम्बर २८ देखि जनवरी १ सम्म) २५ औं ‘पोखरा सडक महोत्सव’ २०२३/२४, ५ दिनसम्म फिस्टेल गेट देखि खहरे चोक हुदै जरेवर लेकसाइड सम्म हुने बताइएको छ ।

footwear zone

गण्डकी प्रदेशका एघार वटा जिल्ला सेरोफेरोका संस्कृतिहरु पोखरा सडक महोत्सव का आकर्षण हुनेछन् । अन्नपूर्ण हिमशृंखलाको आँगन र फेवाताल किनारको यस्तो महान् चाडपर्व नछुटाउन पर्यटन व्यवसायीले देशभित्र र बाहिरका सबै पाहुनालाई निमन्त्रण गर्ने गरेका छन् । विगत वर्षहरुमाझै यस वर्ष पनि साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन सँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँक्री प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तब्य सहितको डकुमेन्टी प्रदर्शन गरिने बताइएको छ ।

You might also like

Comments are closed.