पोखरा । लायन्स वर्ष २०२३/२०२४ को अवसरमा लायन्स क्लब अफ सिमल चौतारी र लायन्स क्लब पिस टाउनद्वरा सृजना बालगृहमा खाद्यान्न सहयोगसहित वृक्षारोपण भएको छ । पोखरामा कृयाशिल दुवै क्लबले सृजना विकास केन्द्रद्वारा संचालित सृजना बालगृहमा रहेका बालबालिकाहरुका लागी खाद्यान्न सहयोग गरिएको सिमल चौतारीका अध्यक्ष पंकज पौडेलले बताए ।
२०३७ मा स्थापित केन्द्रले पोखरामा विविध सामाजिक सेवा, शिक्षा स्वास्थ्य लघुवित्त सहित २०६४ देखि द्वन्द्व पिडित बालबालिकाहरुको लागि बालगृह शुरुवात गरीएको केन्द्रको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
लायन्स क्लबले जुलाई १ देखि वर्षको शुरुवात सङ्गै सामजिक कार्य गरीदै आएको लायन्स क्लब डिष्टी«कका प्रमुख बालकृष्ण बरालले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा सिमल चौतारीका संस्थापक अध्यक्ष नरेश बराल, पूर्व अध्यक्ष कृष्णमान ठुसाजु, जोन प्रमुख शिव बराल, प्रथम उपाध्यक्ष विक्रम खिचाजु, सचिव जय बराल लगायतले सहयोग हस्तान्तरण गरेका थिए ।
सोही कार्यक्रममा पिस टाउनका अध्यक्ष केशी माया नेपाली, जोन प्रमूख रश्मी भण्डारी, पूर्व अध्यक्ष सिता सुवेदी, कोषाध्यक्ष रेश्मा वैद्यले बालगृहका संयोजक सोमनाथ बराललाई खाद्यान्न सामान वितरण गरेका थिए ।
संयूक्त सहयोग वितरण कार्यक्रममा केन्द्रका सल्लाहाकार सभापति गणेश बहादुर अधिकारी, सचिव भिम सुवेदी, कोषाध्यक्ष कृष्ण प्रसाद बराल, बाल अधिकार मञ्चका सचिव कुल प्रसाद सुवेदी, व्यवस्थापक दिलिप सुवेदी लगायतले आ आफ्नो धारणा राखेका थिए ।




Comments are closed.