बैंक तथा वित्तीय संस्थामाथि भएको अबरोध विरुद्ध कानुनी उपचार खोज्छौं : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्था, सोेको सम्पत्ति, साख एवं कर्मचारी विरुद्ध विभिन्न व्यक्ति, संस्था तथा समूहबाट निरन्तर भइरहेको भौतिक आक्रमण एवं गैरकानूनी गतिविधि विरुद्ध कानुनी उपचार खोज्ने जानकारी दिएको छ । बिहीवार बसेको संस्थाको सातौं बैठकले यससम्बन्धी निर्णय गरेको हो ।

संस्थाले विज्ञप्ति जारी गर्दै कुनै पनि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पु¥याउने काम गैरकानुनी भएको जनाएको छ । बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सृजना गर्ने, बैंक वित्तीय संस्थाहरुबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने, मानमर्दन गर्ने, वा आफ्नो कर्तव्य पालना गर्न असुरक्षित एवम् असमर्थ बनाउने लगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरु देशका विभिन्न स्थानहरुमा निरन्तर रुपमा भैरहेकोले त्यस्तो क्रियाकलाप विरुद्ध कनूनी उपचार खोज्ने संस्थाको भनाइ छ ।

यस्ता गतिविधि गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाहरुका विरुद्ध अनिवार्य रुपमा मुद्दा चलाउने तथा प्रचलित कानून बमोजिम कडा कारवाहीका लागि सम्बन्धित निकायमा उजुरी गर्ने लगायत बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरुको हकहित संरक्षणको लागि आवश्यक कदम चाल्न संस्थाको भनाइ छ ।

footwear zone

साथै,संस्थाले बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन प्रधानमन्त्री, गृह मन्त्री, गृह सचिव, प्रहरी महानिरिक्षक, ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धीत सबै समक्ष माग गरेको छ ।

कानूनमा र्निदृष्ट गरेका व्यवस्थामा रही बैंक तथा वित्तीय संस्थाहरुले बहन गर्नुपर्ने कर्तव्य तथा जिम्मेवारी पूरा गर्न सहज हुने वातावरण नभए बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सेवा पूर्ण रूपमा बन्दै गर्नुपर्ने परिस्थिति सृजना हुने संस्थाको भनाइ छ ।

You might also like

Comments are closed.