काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्वारा गठित पूँजी बजार फोरममा सञ्चार उद्यमी केशवप्रसाद भण्डारी आमन्त्रित सदश्य चयन भएका छन् ।
महासंघका कार्यकारिणी सदस्य शैलेन्द्र गुरागाईंको सभापतित्वमा पुँजी बजार फोरम विस्तार भएको हो । विस्तारित समितिमा इन्स्योरेन्स खवर डट कमका अध्यक्ष तथा प्रकाशक भण्डारीसमेच चयन भएका हुन् ।
भण्डारी सहित ७ जनालाई आमन्त्रित सदस्य बनाइएको छ । त्यस्तै दुई जनालाई सल्लाहकारमा चयन गरिएको छ ।

भण्डारी बिगत एक दशकदेखि पुँजीबजारमा सक्रिय छन् ।




Comments are closed.