‘नेपाल इलेक्ट्रिसिटी ग्रीड कोड’लाई अन्तिम रुप दिन कार्यशाला गोष्ठी

काठमाडौं ।  ग्रीड सम्झौतालाई अन्तिम प्रारुप दिने उद्धेश्यले विद्युत नियमन आयोगद्वारा आयोजना गरिएको २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

उर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण भार प्रक्षेपण केन्द्र, इप्पान, बुटवल पावर कम्पनी, इन्जिनियरिङ तथा सोसाइटी अफ इन्जिनियरिङबाट संस्थागत प्रतिनिधी, सहभागी लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै उर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले कुनैपनि ऐन नियम तर्जुमा गर्दा ति नियमको सैद्धान्तिक पक्ष मात्र नहेरी व्यवहारिक पक्षलाई पनि महत्व दिनुपर्ने बताए । समय सापेक्ष ऐन नियमहरुको तर्जुमाले मात्र वर्तमान आवस्यकतालाई सम्वोधन गर्नुपर्ने धारण राखे । क्लाइमेट चेन्टको बिषयलाई उजागर गर्दै सन् २१०० सम्ममा ७० प्रतिशत जलस्रोत उद्गम हिमालका हिउँ पग्लिने प्रक्षेपण गरिएको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै आजको दिनमा अलमल नगरि उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

footwear zone

विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले अवको १० वर्षमा १० हजार मेगावाट विजुली भारत निर्यात गर्ने सरकराले लिएको लक्ष्य प्राप्तिमा मुर्तरुप दिन ट्रान्समिसन विजनेसमा निजी क्षेत्रलाई सामेल गराउनुपर्ने र सो कार्यका लागि ग्रिड सहिंता महत्वपुर्ण रहेको बताए ।
आयोगका वरिष्ठ सदस्य भागिरथी भट्टराई ज्ञवालीले आयोगले जारी गरेका विविध नियामकिय उपकरणहरु र अन्य गतिविधीका बिषयमा प्रकाश पारेकी थिइन् ।  ग्रीड सहिंताको तर्जुमा भएअनुशार ग्रीड संचालनमा सहजिकरण हने बताँउदै सम्पुर्ण सरोकरावाला निकायका सुझावलाई संलग्न गरेर जान सकेमा ग्रीड सहिंता लागुगर्न सहज हुने र सवैको अपनत्व महसुस हुने बताइन् ।

विद्युत नियमन आयोगका सदस्य गौतम डंगोलले सरोकारवाहरुको सहभागितामा संचालन गरिएको कार्यशाला गोष्ठीले विभिन्न निकायबाट प्राप्त सुझावहरुलाई यसै कार्यशालाबाट संकलन गरि अगाडी बढ्ने उत्तम अवसर प्रदान गरेको बताए ।

विद्युत नियमन आयोगद्वारा गठित ग्रीड कोड मस्यौदा उपसमितिले तयार पारेको ग्रीड कोड मस्यौदा सम्वन्धित सरोकावालाहरुको राय सुझावका लागि पठाईए अनुशार सम्पुर्ण सरोकारवाला निकायहरुबाट प्राप्त सुझावलाई समेत संलग्न गरि तयार गरिएको कम्पाइल्ड ग्रीड कोड मस्यौदामा सम्पुर्ण सरोकावाला एकै ठाँउमा बसेर बुदाँगत छलफल गरि अन्तिम रुप दिईएको नेपाल इलेक्ट्रिसिटी ग्रीड कोड छिटो भन्दा छिटो जारी गर्ने विद्युत नियमन आयोगले जनाएको छ ।

You might also like

Comments are closed.