काठमाडौं । साउन ८ गते सोमबारदेखि नेपालभरि रहेका टाटा मोटर्स शोरूमहरुमा ‘मनसून म्याजिक’ शुरु हुने भएको छ ।
अहिले नेपाली बजारमा ईभी गाडीप्रति ग्राहकको चासो बढिरहेको अवस्था छ। तुलनात्मक रुपमा ईभी गाडीहरुको विक्री पनि त्यहि क्रम मा बढिरहेको छ। प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्युनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा ईन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरु विद्युतीय गाडी संग साट्ने क्रम बढ्दो छ।
ग्राहकका यही प्राथमिक अनुरोध र मागलाई ध्यानमा राखेर साउनको ८ गते सोमबारदेखि सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा ‘मनसून म्याजिक’ नाम दिईएको एक्सचेन्ज क्याम्प शुरु गर्ने भएको छ ।

क्याम्पमा जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभी संग साट्न सकिने व्यवस्था रहने छ । एकै ठाउँबाट गाडीको मुल्यांकन र न्युनतम चार लाखको हुने बताईएको छ । एकै ठाउँमा ईन्स्योरेन्सको सुविधाका साथै ८० प्रतिशतसम्म नयाँ गाडी फ़ाइनान्सिङ्गको सुविधा रहने छ ।
गाडी सम्बन्धि परामर्श तथा सल्लाह सुझाव दिनुका साथै नयाँ गाडीको बूकिङ तथा मुल्यांकन संगै आकर्षक उपहार रहेको जनाइएको छ । निशुल्क गाडीको थप एक्सेसोरिज पनि ग्राहकले पाउने छन् ।
साउन ८ गतेदेखि शुरु हुने क्याम्प एक हप्तासम्म काठमाडौं लगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुमहरु मा ‘मनसून म्याजिक’ विशेष एक्सचेन्ज क्याम्प संचालन हुँदैछ।
एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनि अथवा ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभी र टिगोर ईभी संग साट्न सकिने व्यवस्था गरिएको छ । उक्त व्यवस्थालाई अझ सहज बनाउने उदेश्यले शोरुम मा ईन्स्योरेन्स सुविधा, बैंकिंग सुविधा का साथै गाडी मुल्यांकन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ताहरुको पनि सहभागिता हुनेछ।
टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधन लाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी संग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ ।
चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफर हरु पनि पाईनेछ। यो कार्यक्रम सिमित अवधिका लागि टाटा मोटर्सका शोरुमहरुमा मात्र लागु गरिएको छ।




Comments are closed.