काठमाडौं । नेपाल वितरक महासंघले अर्थमन्त्री महतलाई बुझायो ज्ञापन पत्रलेवल लगाउने सम्बन्धी व्यवस्थाको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष हरिराज पन्तको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री महतलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।
‘भन्सार विभागबाट प्रकाशित सूचना बमोजिम लेवल लगाउने सम्बन्धी व्यवस्थाको विषयमा नेपाल वितरक महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धी व्यवस्था ऐनमा भन्सार सम्बन्धी ऐनको अनुसूची १ को दफा १८ को उपदफा ४ मा भएको भएता पनि हाल देशको व्यापारिक अवस्था र वर्तमान समयमा बितरक व्यवसायीहरू तथा आम व्यवसायीहरूले भोग्नु परेको आर्थिक कठिनाई तथा बैंक तथा वित्तीय संथाहरूबाट भएको अस्वभाविक व्याज वृद्धिको अतिरिक्त आर्थिक व्यायभारले हामी वितरक व्यवसायीहरू धराशायी एंव पीडादायक अबस्थाबाट गुज्ग्रिरहेका छौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
महासचिव राज कुमार श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘२०७२ को महाभूकम्प होस् या कोभिड महामारी त्यस्तो विषम परिवेशमा पनि विचलित नभई आम उपभोक्ताहरू माझ आफ्नो ज्यान जोखिममा राखेरै पनि वितरक व्यवसायीहरूले विभिन्न तहरा र गरालाहरू पार गर्दै दैनिक उपभोग्य वस्तुहरूलाई कहिलै कुनै पनि दिन अभाव हुन नदिएको कुरापनी स्मरण गराउन चाहान्छौ ।’

अहिले यस्तो कठिन वर्तमान परिस्थितिमा तेस्रो मुलुकबाट आयातित उपभोग्य वस्तुहरूमा कार्टुन खोली बितरकको पूर्ण बिबरण उल्लेख हुने गरी नाम ठेगाना इमेल र एम्जिम रोड लगाएतका राख्नु पर्ने भन्ने सूचना आएको परिपेक्षमा ठूलो लगानी न्यून मुनाफामा कार्य गर्ने वितरक व्यवसायीहरूको लागत वृद्धि हुने र वितरक व्यवसायीहरू अझै यो कठिन अवस्थामा अरु आर्थिक व्याय भारले थिचिने महासंघले जनाएको छ । मूल्य वृद्धिको मारमा आम उपभोक्तहरू पर्ने हुन भन्ने चिन्ता व्यक्त गरिएको छ।
‘उक्त नियम पालना गर्न कस्तो अबस्था हुन्छ भनी यस नेपाल वितरक महासंघले सम्पूर्ण जिल्ला वितरक संघहरूसँग राय सल्लाह एवं सुझावहरू माग गर्दा यो वितरक व्यवसायीहरूलाई जायज नरहेको अव्यवहारिक र थप आर्थिक भारले व्यवसायबाट नै पलायन हुने परिस्थिति सृजना हुन्छ भन्ने सम्पूर्ण जिल्ला संघको एकमतको धारणा आएको हुँदा हाललाई यस्तो अव्यवाहारिक नियम खारेज या स्थगन गरि यो विषम परिस्थितिमा वितरक व्यवसायीहरूलाई व्यवसाय गर्ने वातावरण प्रदान गर्नु हुने छ भनी यो निबेदन गर्दछौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
उक्त अवसरमा बोल्दै अर्थमन्त्री महतले आफूले यस विषयमा बुझेर प्रतिक्रिया दिने बताए ।




Comments are closed.