तीन अर्ब रुपैयाँ भन्दाबढीको कपाल स्याहारका सामग्री आयात 

 

काठमाडौं । विभागका अनुसार गत आवमा रु तीन अर्बभन्दा बढीको कपाल स्याहारका वस्तु आयात भएका छन् । कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङलगायत वस्तु आयातमा उक्त धनराशि खर्च भएको हो ।

गत आवमा रु ६३ करोड २१ लाख ३३ हजार मूल्यको स्याम्पु आयात भएको छ  भने रु ६९ करोड ७७ लाख ७९ हजार मूल्यका कपालमा लगाउने तेल आयात भएको छ । साथै रु सात करोड ३२ लाख ३८ हजार बराबरको कपालमा लगाउने क्रिम आयात भएको छ ।

footwear zone

त्यस्तै कण्डिस्नर आयातमा रु १० करोड ४५ लाख ४७ हजार खर्च भएको छ । कपाल रङ्गाउने वस्तु आयातमा रु ६२ करोड २० लाख ८३ हजार बाहिरिएको देखिन्छ । त्यस्तै कपाल हेरचारका अन्य वस्तु आयातमा रु ९७ करोड ६१ लाख २० हजार भन्दा बढी रकम विदेशिएको छ । रासस

You might also like

Comments are closed.