काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (IPPAN)को नव निर्वाचित कार्यसमितिलाई नेपाल उद्योग परिसंघ (CNI)ले स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
कार्यसमितिलाई स्वागत गर्दै सिएनआईका अध्यक्ष राजेश अग्रवालले ऊर्जा क्षेत्रको विकासका लागि इप्पानसँग सिएनआईले संस्थागत सहकार्य गर्न चाहेको बताए ।
इप्पान अध्यक्ष गणेश कार्कीले सिएनआईसँग सहकार्य गर्ने कुरा स्वागतयोग्य रहेको भन्दै इप्पान र सिएनआईका २÷२ जना प्रतिनिधि रहने समिति बनाएर ऊर्जा क्षेत्रका लागि एउटै बोली बोल्ने वातावरण बनाउनु पर्ने बताए ।

सिएनआईको थापाथलीस्थित कार्यालयमा सोमवार भएको स्वागत कार्यक्रममा इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की, उपाध्यक्ष आनन्द चौधरी र उत्तम भ्लोन लामा, महासचिव बलराम खतिवडा, सचिव हिमप्रसाद पाठक, सदस्यहरु उत्तर कुमार श्रेष्ठ, टिएन आचार्य र मिथुन पौडेल उपस्थित थिए । सिएनआईका तर्फबाट अध्यक्ष राजेश अग्रवाल, उपाध्यक्ष विरेन्द्र पाण्डे र रोहित गुप्ता लगायतका पदाधिकारीहरू उपस्थित थिए ।




Comments are closed.