ढोडवेशी मालेपाटन खानेपानी तथा सरसफाई आयोजनाको समुद्घाटन

पोखरा । पोखरा महानगरपालिका ३२, मा निर्माण भएको ढोडवेशी मालेपाटन खानेपानी तथा सरसफाई आयोजनाको समुद्घाटन गरिएको छ । ढोडवेशी मालेपाटन खानेपानी तथा सरसफाई आयोजना गण्डकी प्रदेश सरकारका प्रवक्त्ता एवम् उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री माननीय सरस्वती अर्याल तिवारीद्वारा समुद्घाटन गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ ,मन्त्रालयका सचिव र अन्य कर्मचारीहरु, खानेपानी तथा सरसफाई डिभिजन स्याङ्गजाका कार्यालय प्रमुख सहित प्राविधिकहरु, पोखरा महानगरका जनप्रतिनिधि, खानेपानी उपभोक्ता समिति र लाभान्वित समुदायहरुको उल्लेखनीय उपस्थिति थियो ।

उक्त्त आयोजनाले करिब ३६४ घरधुरी लाभान्वित भएका छन् र उक्त आयोजना निर्माण को लागि करिब ३ करोड रुपैयाँ खर्च भएको छ । मन्त्री अर्यालबाट योजनाको विस्तृत प्राविधिक जानकारी र वित्तीय जानकारी सहित निर्मित संरचनाहरुको स्थलगत अनुगमन गरिएको छ । साथै लाभान्वित घरधुरीलाई योजनाको अपनत्व ग्रहणगरि नियमित मर्मत सम्भारमा लाग्न आग्रह गरिएको छ ।

You might also like

Comments are closed.