ढोडवेशी मालेपाटन खानेपानी आयोजना, ३ सय ६४ घरधुरी लाभान्वित

पोखरा । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश सरकारद्वारा निर्माण भएको ढोडवेशी मालेपाटन खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका ३२मा निर्माण भएको उक्त आयोजनाको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले एक कार्यक्रमबीच उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा प्रदेश सांसद सरस्वती गुरुङ, मन्त्रालयका सचिव, ई. डा. सन्तोष कैनी, अन्य कर्मचारीहरु, खानेपानी तथा सरसफाई डिभिजन स्याङजाका कार्यालय प्रमुख सहित प्राविधिकहरु, पोखरा महानगरका जनप्रतिनिधि, खानेपानी उपभोक्ता समिति र लाभान्वित समुदायहरुको उपस्थिति रहेको थियो ।

उक्त आयोजनाले करिब ३ सय ६४ घरधुरी लाभान्वित भएको बताइएको छ । उक्त आयोजना निर्माणको लागि करिब ३ करोड रुपैयाँ खर्च भएको छ ।

footwear zone

मन्त्री तिवारीले योजनाको विस्तृत प्राविधिक जानकारी र वित्तीय जानकारी सहित निर्मित संरचनाहरुको स्थलगत अनुगमन गरेकी छन् । लाभान्वित घरधुरीलाई योजनाको अपनत्व ग्रहणगरी नियमित मर्मत सम्भारमा लाग्न उनले आग्रह गरिन् ।

You might also like

Comments are closed.