दमौली । ब्यास नगर साइनिङ स्टार सिजन–९ मा सहभागीहरुको लागि क्षमता अभिबृद्धि तालिम जारी राखिएको छ । साइनिङ स्टारमा सहभागी प्रतियोगीहरुलाई विभिन्न चरणा तालिम प्रदान गरिरहिएको आयोजक जेसिआई ब्यास नगरका अध्यक्ष राजु रानाले जानकारी दिए ।
२० जना प्रतियोगी सहभागी छन् । शारीरिक तन्दुरुस्तीसँगै कला, संस्कृति लगायत विविध समसामयिक विषयका उच्च ज्ञान प्रदान गर्ने लक्ष्यसहित प्रतियोगीहरुलाई तालिममा सहभागी गराइएको छ । सहभागीहरुले चासोका साथ तालिममा सहभागी हुँदै नयाँ नयाँ ज्ञान तथा सिपहरु सिक्ने क्रम जारी रहेको अध्यक्ष रानाले जानकारी दिए ।
तालिम प्रतियोगिताको ग्राण्ड फिनाली नहुँदासम्म जारी रहने बताइएको छ । ‘प्रतियोगीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउँदै व्यक्तित्व र नेतृत्व विकास गर्न साइनिङ स्टार राम्रो प्लेटफर्म बनिरहेको छ,’ अध्यक्ष रानाले भने ।

प्रतियोगितालाई सफल बनाउन विश्वकर्मा सप्लायर्सले मुख्य प्रायोजन र सिजी हार्डवयरले सहप्रायोजन गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दैै प्रभु बैंकको विशेष सहयोग रहेको बताइएको छ ।





Comments are closed.