काठमाडौं ।। प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको Dental सम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चको लागि Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd सँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd.को तर्फबाट संचालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन । क्यापिटलका ग्राहकहरुलेGuheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd. मा सेवा लिदाँ १५% छुट पाउन सक्छन् ।
यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd. लाई उपलब्ध गराउनु पर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्ष सम्म लिन सक्नेछन् ।

ललितपुर, पुलचोकमा रहेको Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd., अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd. बाट ग्राहकहरुले डेन्टल चेकअप, डेन्टल फिलिङ्ग, तिथ ब्लीचिंग, डेन्टल एक्सट्राक्सन, तथा अन्यसेवा लिन सकिने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।




Comments are closed.