
ज्येष्ठ नागरिकको बिर्सने रोगको निःशुल्क उपचार, फिजियोथेरापीको व्यवस्थासँगै स्वास्थ्य सहायकसमेतको व्यवस्थापन गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए । वृद्धाश्रमले विभिन्न तीन टोलमा घुम्ती स्वास्थ्य सेवा सञ्चालनको योजना बनाइरहेको उनको भनाइ थियो ।
वार्षिक साधारसभाका अवसरमा पत्रकारिता एवं लेखनका माध्यमबाट महत्वपूूर्ण योगदान पुर्याएको भन्दै ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार’बाट रविन्द्र माकाजुलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा पोखरा वृद्धाश्रमका उपाध्यक्ष केशव लम्सालले ज्येष्ठ नागरिकको मिर्गौला लगायतको रोगको उपचारका लागि सहयोग पुर्याउन स्व छोरा ध्रुुव लम्सालको स्मृतिमा रू एक लाखको स्वास्थ्य कोष स्थापनार्थ चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष राधिका शाही योगी, नेपाल निवृत्त समाजका केन्द्रीय उपाध्यक्ष तोयानाथ लामिछानेलगायतको सहभागिता थियो । रासस




Comments are closed.