मोटरहेडले ल्यायो ‘महा चाड महा वचत’ दशैं–तिहार र छठ अफर

काठमाडौं ।  मोटरहेड ब्राण्डका वाइकको नेपालको लागी आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड टे«ड प्रा.लि.ले दशैं तिहार र छठलाई लक्षित गर्दै आफ्नो ‘महा चाड महा वचत’ नामक अफर सार्वजनिक गरेको छ ।

प्रा.लि.ले विगत ७ वर्ष देखि डर्ट, क्याफे रेसर तथा Scrambler Segment अन्तर्गतका वाइकहरु नेपाली वजारमा उपलब्ध गराउँदै आएको छ । प्रा.लि.ले धोबिघाट स्थित आफ्नो शोरुम तथा सर्भिस स्टेसनबाट आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको छ भने उपत्यका बाहिर हाल प्रमुख शहरहरु जस्तै ईटहरी, हेटौंडा, वुटवल, पोखरा, बाग्लुङ्ग, विर्तामोड र कावासोतीमा र विकट बजार जुम्ला बजारमा समेत आफ्नो डिलर मार्फत विक्रि वितरण गर्दै आएका छन् ।

कम्पनीले यस अफर अन्तर्गत आफ्ना ःयमभ िथ्भबच Model Year का आधारमा फरक अफर प्रस्तुत गरेका छन् जसमा २०२१ Model Year का खरीदमा सिधै रु.१ लाख सम्म छुट र २०२२ का मोडलहरुमा रु.२५,०००।– देखि रु.३५,०००।– सम्मको छुटको अफर सार्वजनिक गरेका छन् । यसको बाहेक २०२२ अन्तर्गतको वाइक खरीद गर्ने ग्राहकहरुमध्ये एक जना भाग्यशाली विजेतालाई आफूले तिरेको सम्पूर्ण रकम फिर्ता पाउने गरी बम्पर अफरको व्यवस्था पनि गरेको छ ।

footwear zone

अफर भदौ १० गतेदेखि लागू भई छठसम्म कायम रहने प्रा.लि.ले जानकारी दिएको छ । हाल यस ब्राण्डका MH150R , X-Torque 223, Tekken 250, Tekken R 223, Sports 223 cc / Scrambler 250 गरी ६ विभिन्न मोडलका वाइकहरु उपलब्ध छन् ।

You might also like

Comments are closed.