एसियन वडी विल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनमा नेपालबाट ४ जना

काठमाडौं । एसियन वडी विल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको एसिया फेडेरेसनमा नेपालबाट ४ जना निर्वाचित भएका छन् ।

फेडेरेसनको इलेक्ट्रोरल कँग्रेसको मिटिङबाट एसिया फेडेरेसनको कार्यकारी उपाध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन् । उनी नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको अध्यक्षसमेत हुन् ।

त्यस्तै उपाध्यक्षमा विजयलाल कायस्थ, प्राविधिक समितिको अध्यषमा दीनेश राजभण्डारी र कार्यकारी सदस्यमा राजेश उपाध्याय निर्वाचित भएका छन् ।

footwear zone

नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजनामा काठमाडौंमा ५५औं एसिया वडी विल्डिङ एण्ड फिजिक एपोर्टस च्याम्पेनसिप जारी छ ।

You might also like

Comments are closed.