मुक्तिनाथ कृषि कम्पनीद्वारा एकैसाथ विभिन्न ५ कृषि संरचनाको शुभारम्भ

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले विभिन्न ५ ओटा कृषि संरचनाहरुको शुभारम्भ गरेको छ । कृषि तथा पशुपंन्छी विकास मन्त्री डा.वेदुराम भुसालको प्रमुख आतिथ्यता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा.मिन बहादुर श्रेष्ठको विशिष्ट आतिथ्यता र कृषि तथा पशुपंन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा लगायत सरकारी निकाय, कुटनीतिक नियोग, नीजि क्षेत्र, सहकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा आइतबार शुभारम्भ समारोह सम्पन्न भएको हो । मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कम्पनीले तयार गरेको ५ वर्षे रणनीतिक योजना “भिजन २०८५” अनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने अभिप्रायले निम्नानुसारका ५ वटा कृषि संरचनाहरुको डिजिटल रुपमा समुद्घाटन गरिएको हो ।

इटहरी, बर्दिवास, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित “प्रादेशिक कार्यालयहरु”, स्याङजा र चितवनमा अवस्थित “फार्म उत्कृष्टता केन्द्र”, कृषिमा लगानी प्रवद्र्धनका लागि “कृषि व्यवसाय परामर्श केन्द्र”,  कृषकहरुलाई दैनिक सेवाको लागि “कृषकसंग मुक्तिनाथ कल सेन्टर” र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित “मुक्तिनाथ एप” को एकेसाथ शुभारम्भ गरिएको हो ।

footwear zone

कार्यक्रममा स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै, अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीहरुको लगानीलाई आकर्षण, प्रवद्र्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मातहत एकिकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक निजी सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए ।

सयुंक्त राष्ट्र संघ, विश्व खाद्य संगठनका नेपाल प्रमुख केन सिमिजूले कम्पनीसंग कोदोजन्य बालि वर्ष २०२३ लाई प्रवद्र्धन गर्न सहकार्यको शुरुवात गरेको र आगामी दिनमा कुटनीतिक नियोग, सरहकार र निजी क्षेत्रको साझेदारीमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिवले मुक्तिनाथ कृषि कम्पनीले समग्र मूल्य श्रृंखला व्यवस्थापनमा गरिरहेका कार्यहरु र कम्पनीका स्पष्ट भावि योजनाको लागि धन्यवाद व्यक्त गर्दै सार्वजनिक नीजि साझेदारी मार्फत कृषि क्षेत्रको विकासमा सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले सोह्रो पंचवर्षिय योजना निर्माणको अन्तिम चरणमा रहेको सन्दर्भमा यो कार्यक्रम अत्यन्तै फलदायी रहेको र योजनामा सार्वजनिक निजी सहकारीको साझेदारीको अवधारणालाई योजनामा समेट्ने बताए ।

कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्री डा. वेदुराम भुषालले कृषि क्षेत्रको समग्र विकासमा नीजि क्षेत्रको भुमिका महत्वपूणर् रहने बताउँदै कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिंचाई लगायत कृषि संरचनाहरुको विकासमा जोड दिने र खरीद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सवै मिलेर लाग्नुपर्ने बताए ।

कार्यक्रममा, कृषि क्षेत्रको प्रमुख समस्याहरु, कम्पनीको गतिविधिहरु, एकीकृत कृषि विकास प्राधिकरणको आवश्यकता, औचित्य र भावि संभावनाहरुको सम्बन्धमा कम्पनीका नायव महाप्रबन्धक रामशरण तिमल्सिनाले प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन पुर्व मिस नेपाल सुगारिका केसीले गरेकी थिइन् ।

मुक्तिनाथ कृषि कम्पनी लि “कृषकसंग मुक्तिनाथ” र “उपभोक्तासंग मुक्तिनाथ” अभियानद्वारा “संस्थागत मूल्य श्रृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण” गर्दै नेपालको अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले वि.सं.२०७५ साल भाद्र १५ गते स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । यो कम्पनीको मुख्य प्रवद्र्धक मुक्तिनाथ विकास बैंक रहेको छ भने साथमा विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको समेत लगानी रहेको छ । कम्पनीले विगत ५ वर्षदेखि कृषिको समग्र मूल्य श्रृङखला व्यवस्थापनका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्नको लागि मुख्यत कृषि श्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि बजार केन्द्र र कृषि व्यवसाय परामर्श केन्द्रको अवधारणा कार्यान्वयनको लागि संस्थागत संरचनाहरुको विकासको शुरुवात गरेको छ ।

कार्यक्रममा धन्यवाद तथा समापन मन्तब्य राख्दै कम्पनीका संचालक सिताराम काफ्लेले नेपालको सन्दर्भमा मुक्तिनाथ कृषि कम्पनी जस्ता कृषि क्षेत्रमा कार्य गर्ने कम्पनी र संस्थाहरुलाई सरकारले प्रवद्र्धन र नियमन गर्नु पर्नेमा जोड दिँदै उपस्थित सम्पूणर् अतिथि तथा सहभागी लाई धन्यवाद दिँदै आगामी दिनमा कृषि क्षेत्रमा उल्लेख्य योगदान दिन सहकार्यको लागि आह्वान पनिगरेका थिए ।

You might also like

Comments are closed.