‘आइएमई पे’मा शाइन रेसुङ्गाको मोबाईल बैंकिङबाट क्यास लोड गर्न सकिने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीले सजिलै क्यास लोड गर्न भएका छन् ।

विभिन्न वित्तिय संस्था सँग आबद्ध भइ सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उदेश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीले बैंकको मोबाईल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

footwear zone

You might also like

Comments are closed.