काठमाडौं । भेष्पा र अप्रिलियाका लागि नेपालको एकमात्रै आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले काठमाडौंको त्रिपुरेश्वरमा अत्याधुनिक शोरुम संचालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष पुल्कित भिमसरिया, डाइरेक्टर विजय महतो, विवेक सिकारिया र केतान भिमसरियाले सोरुमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सोरुमबाट ग्राहकले प्रिमियम ब्राण्ड भेष्पा र अप्रिलिया खरिदसँगै सर्भिस र स्पेयर पार्टसको सुविधासमेत प्राप्त गर्नेछन् । बिक्रीसँगै बिक्रीपछिको सेवालाई पनि प्राथमिकतामा राखिएको कम्पनीका डाइरेक्टर विजय महतोले बताए ।
कम्पनीले यस अघि काठमाडौंको कान्तीपथ साउन १ गतेबाट आफ्नै शोरुम स्थापना गरिसकेको छ । बनेपामा पनि कम्पनीको आफ्नै थ्रि एस शोरुम छ । ललितपुरको बालकुमारीमा डिलरमार्फत थ्रिएस शोरुम सञ्चालनमा आएको छ । काठमाडौं उपत्यकासहित देशभरका मुख्य शहरहरुमा भेष्पा र अप्रिलियाका शोरुमहरु छन् । देशभर ५२ वटा लोकेशनमा शोरुमहरु रहेको महतोले बताए । कम्पनीको यो ५३ औं सोरुम हो । भेष्पा र अप्रिलियाको मल्य २ लाख ७८ हजार ९ सय रुपैयाँबाट सुरु भएर ४ लाख ६५ हजार ४ सय रुपैयाँसम्म पर्छ ।


कम्पनीले नयाँ मोडल पनि बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । भदौ २६ बाट हुने नाडा अटो सोमा ‘अप्रिलिया एस आर १६० बि एस ६’ स्कुटर सार्वजनिक गर्ने तयारी भइरहेको महतोले जानकारी दिए ।
डेल्टा अटोकर्पले युवालाई प्राथमिकतामा राख्दै व्यवस्थापन समूह तयार गरेको छ । ‘योङ, इनर्जेटिक र टु ह्विलर्समा काम गरेको अनुभवी टिम हामीसँग छ,’ उनले भने ।





Comments are closed.