त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन

काठमाडौं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणलाई चुस्त पार्न निर्देशन दिएका छन् ।

विमानस्थलबाट सुन, लागुऔषत, तथा अवैध मुद्रा तथा सामानको तस्करीका घटना सार्वजनिक भइरहेका बेला आज विमानस्थल सुरक्षा कार्यालयको स्थलगत निरीक्षण भ्रमण र ब्रिफिङ लिन पुगेका महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका हुन्।

उनले निःस्वार्थ भावनाका साथ नागरिकको सेवा गर्न तथा विमानस्थलबाट आवतजावत गर्ने यात्रुको गुनासा सम्बोधन गर्दै भरपर्दो सुरक्षा प्रदान गर्नेतर्फ पनि ध्यानाकर्षण गराएका छन्।

footwear zone

महानिरीक्षक कुँवर पछिल्लो समयमा उपत्यकाका विभिन्न ब्यूरो तथा कार्यालयको स्थलगत निरीक्षण भ्रमण गरी प्रहरी कर्मचारीलाई आवश्यक निर्देशनको क्रममा छन् । केही अघि मात्रै उनले लागुऔषध नियन्त्रण ब्यूरो र मानब बेचबिखन अनुसन्धान ब्यूरोको स्थलगत निरीक्षण भ्रमण गरी मातहतका कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए । रासस

 

You might also like

Comments are closed.