बहुप्रतिक्षित टियागो ईभीको बूकिङ खुल्यो

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले बहुप्रतिक्षित टियागो इभीको बुकिङ आरम्भ गरेको छ । इच्छुक ग्राहकहरुले घर बसी बसी आफ्नो वेवसाइट मार्फत नाम दर्ता गराई वा नेपालभर रहेको टाटा मोटर्सको शोरुमहरुमा गएर बुकिङ गर्न सक्नेछन् ।

टाटा टियागो ईभी मंगलबारबाट सुरु हुन गईरहेको १५औं टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित “नाडा अटो शो २०२३” मा विशेष कार्यक्रममा आकर्षक सुरुवाती मूल्य सहित सार्वजनिक गर्ने बताइएको छ । ग्राहकले गाडीको अवलोकन तथा टेस्ट ड्राइभको लागि नाडा अटोशोमा टाटा मोटर्सको स्टल नम्बर ब्घ मा वा नेपालभर रहेका सिप्रदीका टाटा मोटर्स शोरुम जान सक्नेछन् । नेपालमा सबैभन्दा धेरै भेरियन्टका विद्युतीय गाडी टाटा मोटर्सले बिक्री गर्दै आएको छ ।

टाटा टियागो ईभी भारतमा ह्याचब्याक सेगमेन्टको पहिलो सबैभन्दा रुचाइएको ईभी हो, जुन भारतीय इभी मार्केटमा छोटो समयमा सबैभन्दा धेरै बुकिङ हुने गाडीमा पर्दछ । नेपालमा पनि टाटा टियागो ईभी एकदमै धेरै सोधखोज भईरहेको गाडी हो । नेपाली ग्राहकहरुको बदलिंदो आकांक्षा एवं जीवनशैलीसंग मेल खाने यस गाडीले विशेष गरी युवावर्गहरुमा थप उत्साह र ईभी प्रयोगमा थप वृद्धि गराउने कम्पनीको आशा छ ।
नेपालमा टाटा टियागो इभी ५ वटा भेरियन्ट सहित ४ वटा कलरमा उपलब्ध हुनेछन् । गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोड सहित अटोमेटिक ड्राइभ सिस्टम छ । सीसीएस–२ चार्जिङ सिस्टम रहेको गाडीको एमईडिसी रेञ्ज ३१५ किमी भनिएको छ भने नेपाली बाटोमा २५० किमि सम्मको रेन्ज दिने अनुमान गरिएको छ ।

footwear zone

अहिलेको समयमा टाटा मोटर्स का अत्याधिक रुचाईएका ईभी अर्थात विधुत्तीय गाडीले नेपाली बजारबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दै कम्पनिले पनि आफ्नो उत्पादनहरुका साथ् ग्राहक सेवालाई पनि उत्कृष्ट बनाउंदै आईरहेको छ । नेपालकै पहिलो, ठुलो र फैलिएको २१ स्थानमा फास्ट चार्जिंग स्टेशन देखि उच्चस्तरिय २३ स्थानमा सिप्रदीका सर्भिस सेन्टरको विस्तार भईसकेको र आउने दिनहरुको लागि पनि अझ मद्दत पुग्ने गरि यो वर्ष चार्जिंग स्टेशन देखि सर्भिस स्टेशन लाई नेपालको विभिन्न भूभागमा फैलाउने योजना छ । यो संग संगै जनशक्ति को दक्षतालाई अझै मजबूत गर्न ईभी लर्निङ सेन्टर तथा ट्रेडिङ सेन्टरको थप निर्माण गर्ने योजना छन् ।

You might also like

Comments are closed.