काठमाडौं । नेपाल धितोपत्र बोर्डले आयोजना गरेको राष्ट्रिय निबन्ध लेखन प्रतियोगितामा विश्व भण्डारी प्रथम भएका छन् । भण्डारी व्यवस्थापन केन्द्रीय विभागमा MBA-CL अध्ययनरत छन् ।
विश्व लगानी सप्ताह २०२३ को अवसरमा निवन्ध प्रतियोगिताको आयोजना गरिएको हो । सो प्रतियोतिामा निवन्धको शिर्षक ‘Investor Resilience in Changing Economic Conditions’ रहेको थियो ।
सोमबार एक कार्यक्रमकाबीच प्रथम स्थान हासिल गरेका भण्डारीलाई ६५ हजार रुपैयाँ नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको छ । सो प्रतियोगितामा MBA Finance अध्ययनरत सम्भव लाखेले द्वितीय स्थान हासिल गरेका छन् । लाखेलाई ३५,००० हजार रुपैयाँ नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको छ ।






Comments are closed.