प्रख्यात कपडा ब्रान्ड ‘क्यान्टाबिल’ को शोरूम पोखरामा खुल्ने

पोखरा । भारतको प्रख्यात कपडा ब्रान्ड ‘क्यान्टाबिल‘को एक्सक्लुशिभ स्टोर (शोरूम) पोखराको न्युरोडमा खुल्ने भएको छ। पोखरा क्षेत्रका फेशन पारखीहरूलाइ लक्षित गर्दै यही असोज २८ गते घटस्थापनाका दिन उक्त शोरूम खोल्ने तयारी गरिएको क्यान्टाबिल ब्राण्डका लागि पोखराको आधिकारिक युज इन्टरनेशनलका प्रबन्धक निरोज गौतमले बताए ।

क्यान्टाबिल ब्राण्डले पोखराका ग्राहकलाइ एक अविस्मरणीय किनमेलको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । शोरूम उद्घाटनको अवसरमा क्यान्टाबिलले पोखराका आफ्ना ग्राहकहरुका लागि विशेष छुट अफर प्रदान गर्ने भएको छ ।

क्यान्टाबिलमा पुरुष, महिला र बालबालिकाहरूका लागि उच्च गुणस्तरीय समकालीन डिजाइनहरूको पोशाक पाइनेछ। औपचारिक तथा अनौपचारिक पहिरन, जातीय पहिरन, र सामानहरू सहित कपडा विकल्पहरूको विस्तृत श्रृंखलाको साथ क्यान्टाबिलले फेशनेबल र किफायती फेशन खोज्ने ब्यक्तिका लागि क्यान्टाबिल राम्रो गन्तब्य हुने कंपनीले बिश्वास लिएको छ ।

footwear zone

पोखराको न्युरोडमा फराकिलो क्षेत्रमा फैलिएको सो स्टोर ग्राहकहरूको लागि समग्र किनमेल अनुभवको अनुभुति झल्कने किसिमले डिजाइन गरिएको छ।

स्टोरले क्यान्टाबिलको समकालीन डिजाइनहरू, जीवन्त रङहरू र प्रिमियम कपडाहरू, स्टाइलिश सूट, दैनिक पहिरनका लागि आधुनिक क्याजुअल पहिरन, वा सांस्कृतिक चाडपर्वहरूको लागि परम्परागत पोशाकहरू कभर गरेको बताएको छ। ग्राहकमैत्री कर्मचारीहरूद्वारा असाधारण ग्राहक सेवा प्रदान गर्न स्टोर प्रतिबद्ध रहने प्रबन्धक निरोज गौतमले बताएका छन ।

You might also like

Comments are closed.