पोखरेली जुत्ता चप्पलको लोकप्रिय ब्राण्ड ‘शुभ बाँसबारी’, उपहार योजना सार्वजनिक

पोखरा । शुभ बाँसबारी छाला जुत्ता उद्योगबाट उत्पादित जुत्ता, चप्पलले पोखराको स्थानीय ब्राण्डको पहिचान बनाउन सफल छ । उद्योग स्थापनाको १२ वर्ष भइसकेको छ । पोखराको सिर्जनाचोकमा रहेको उद्योगबाट उत्पादित जुत्ता चप्पल पोखरासहित गण्डकी प्रदेशमै लोकप्रिय रहेको उद्योगका सञ्चालक पवित्रबहादुर नेपाली बताउँछन् ।

उद्योग स्थापनाको १२ वर्ष पुगेको अवसरमा विशेष छुटसहित उपहार योजना सार्वजनिक भएको नेपालीले जानकारी दिए । नेपालीहरुको महान पर्व दसैं, तिहार तथा छठलाई समेत लक्षित गर्दै उपहार योजनालाई छठसम्म लागु गर्ने उनले बताए ।

बाँसबारी छाला जुत्ता उद्योगबाट उत्पादित छालाका जुत्ता, स्पोर्ट्स शुज, चप्पल तथा बेल्ट, पर्स ग्राहकको रोजाईमा पर्दै आइरहेको र अफरले अझै बढी ग्राहक आकर्षित हुने उनले विश्वास व्यक्त गरे । ३ हजार रूपैयाँको सामान खरिदमा आकर्षक छालाको पेटी उपहार स्वरूप प्रदान हुने उनले जानकारी दिए । ‘दुई वर्ष वारेन्टी भएको पेटी उपहार स्वरुप दिनेछौं,’ उनले भने ।

footwear zone

‘हाम्रो जुत्ता चप्पल उद्योग पोखरेली लगायत समग्र गण्डकी प्रदेशको शानको रूपमा स्थापित भएको छ,’ उनले भने, ‘ग्राहकबाट प्राप्त मायाले हामीलाई उत्साह प्रदान गरिरहेको छ ।’

उद्योगमा स्थानीय कालीगढसहित १५ जनालाई रोजगारी प्रदान गरिएको नेपालीले जानकारी दिए ।

You might also like

Comments are closed.