एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष श्रेष्ठको निधन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका संस्थापक एवं संचालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा कात्तिक ६ गते मेडिसिटी अस्तालमा उपचारको क्रममा निधन भएको हो ।

उनको निधनले नेपालको बैंकिङ क्षेत्रले कुशल अभिभावक गुमाएको छ ।

स्वर्गीय वि. के. श्रेष्ठको कुशल नेतृत्व एवं अभिभावकत्वमा एभरेष्ट बैंकले उदाहरणीय प्रगति गर्दै आफूलाई दिगो, दरिलो र विश्वासीलो बैंकको रुपमा स्थापित गर्न सफल भएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

footwear zone

श्रेष्ठको अन्त्येष्टि उनको इच्छा बमोजिम, एभरेष्ट बैंकको सहयोगमा पशुपतिमा सञ्चालनमा रहेको कम दाउराले शव जलाइने प्रविधिमा आधारित वुडन क्रिमेटरीमा कात्तिक ७ गते भएको छ ।

You might also like

Comments are closed.