भूकम्प प्रभावित क्षेत्र जान पृथ्वी राजमार्गको निःशुल्क बस (सम्पर्क नं. सहित)

काठमाडौं । भूकम्पबाट प्रभावित रुकुमका लागि पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ ।

भूकम्प प्रभावित क्षेत्रका प्रभावितका आफन्त, चिकित्सक, स्वास्थ्यकर्मी तथा राहत वितरणमा जानेहरुलाई प्राथमिकतामा राखेर निःशुल्क बस सेवा प्रदान हुने कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

आइतबार कात्तिक १९ गते बिहान ८ बजे काठमाडौबाट छुट्नेछ । बस पोखरा हुँदै रुकुमका लागि प्रस्थान गर्ने अध्यक्ष केसीले जानकारी दिए ।

footwear zone

बिपद्को समयमा भूकम्प प्रभावित क्षेत्रमा राहत चाँडै पुगोस् र स्वास्थ्यकर्मी लगायत, प्रभावितका आफन्त तथा पीडितलाई त्यहाँ पुग्न सजिलो होस् भनेर आफूहरुले निःशुल्क बस सेवा प्रदान गर्न लागेको केसीले जानकारी दिए ।

त्यस क्षेत्रमा जान चाहनेहरुले यी नम्बरहरुमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ । ९८५६०२०६६६, ९८५१०२७२९७, ९८५१२४५९९१, ९८५६०२७५५८, ९८४६०२२८७९, ९८५६०२५९३८, ९८५६०२६३७५, ९८४६०२७०६०, ९८५६०८५९५७, ९८५६०२४१५१, ९८५६०२२६६९, ९८४७००९७८८

 

You might also like

Comments are closed.