नेपाल संवत ११४४ को उपलक्ष्यमा पोखरामा भिन्तुना शुभकामना पैदल र्याली हुने

पोखरा । नयाँ वर्ष नेपाल संवत ११४४ को उपलक्ष्यमा कार्तिक २८ गते पोखरामा भिन्तुना शुभकामना पैदल र्याली २०८० आयोजना गरिने भएको छ । नेवाः खलः कास्कीले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर नयाँ वर्ष नेपाल संवत ११४४ को उपलक्ष्यमा पृथ्वीचोकबाट भिन्तुना शुभकामना पैदल र्याली बिहान ८ बजे शुरु हुने जानकारी दिएको हो ।

नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले कात्तिक २८ गते भिन्तुना र्याली शुरु हुनुभन्दा अगाडी बिहान ७ बजे वीरेन्द्र स्कृति पार्क संरक्षण समिति, नदीपुर, पोखरा ३ मा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा पुष्पार्पण गर्ने कार्यक्रम रहेको बताए । यसपटक र्याली नेवाः खलः कचाः, नेवाः मिसा पुचः, नेवा ल्याम्ह पुचः पृथ्वीचोकद्वारा आयोजना गर्न लागिएको छ । कात्तिक २७ गते पोखराका सिमलचौरबाट बिहान एबिसि साइकल सिटिले साईकल र्याली गर्ने भएको छ । कात्तिक २८ गते बिहान ८ बजे पृथ्वीचोकबाट शुरु भएको भिन्तुना र्याली नयाँ बजार, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख हुँदै नेवा छे मा पुगेर समापन हुनेछ ।

भिन्तुना र्यालीका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य रहने भएका छन् । २०५० सालमा सर्वज्ञमान प्रधानाङ्गको नेतृत्वमा नेवाः खलः कास्की गठन भएपछि समिति सक्रिय हुँदै भेषभुषा, भाषा, कला, संस्कृतिको जगेर्नाका लागि तालिम तथा संगठन बिस्तारका कार्यक्रमहरु गर्दैए आएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस वर्ष नयाँ वर्ष ११४४ को शुध साइत लक्ष्मी पूजा कार्तिक २७ गते सोमबार रहेको छ । बेलुकी ९।१२ देखि १०।४२ सम्म लाभ बेला, म्ह पूजा कार्तिक २८ गते मंगलबार समय बेलुकी ६।४१ देखि ८।१० सम्म लाभ बेला रहेको छ । यस्तै किजा पूजा कार्तिक २९ गते बुधबार गरिने भएको छ । समय बिहान ६।५ देखि ९।२५ सम्म लाभ, अमृत बेला र त्यसपछि ११ः१५ देखि १२ः४५ सम्म शुभ बेला रहेको जनाईएको छ । नेपाल संवत काठमाडौं उपत्यका र उपत्यका बाहिर नेवारी समुदायको बसोबास भएका स्थानमा मनाईदै आईरहेको यो नेपालको मौलिक संवत हो । राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणबाट मुक्त बनाएर चलाएको संवत नेपाल संवतको रुपमा रहेको छ ।

footwear zone

कार्तिक शुक्ल पक्षका दिन नेपाल संवतको पहिलो दिन हो । यो संवत भक्तपुरका राजा राधव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी चलनमा रहेको थियो । नेपाल सरकारले यो संवतलाई आधिकारीक मान्यता दिएको छ । नेवारी समुदायमा यसको प्रयोग धेरै भईरहेको पाईन्छ । पछिल्ला वर्षहरुमा अन् समुदायसंगै मनाउन लागेपछि यसको महत्व बढेको अध्यक्ष पालिखेले बताए । सो अवसरमा पालिखेले भिन्तुना र्यालीमा पुरस्कारको व्वस्था रहेको बताए । पहिलो हुने र्यालीको समूहलाई २५ हजार, दोश्रोलाई ७ हजार, तेश्रो र सान्तोना हुनेलाई समान ५/५ हजार प्रदाज गरिने भएको छ । “हाम्रा चाडपर्वहरुलाई अझैं हामीले पर्यटकको आवागमन बढाउने दिशामा लैजानु पर्छ”, पालिखेले भने, “पर्यटकीय क्षेत्रमा अब पर्यटन व्यवसायीले २० वर्ष देखिको हिमाल देखाउँदै आएको चलनलाई परिमार्जन गर्नुपर्न बताए । अब हिमाल मात्रै देखाएर हुँदेन । पर्यटकको बसाई लम्बाउनका लागि यहाँ रहेका संग्रहालयहरुलाई पनि गन्तव्यको रुपमा लिनुपर्ने बताए । यदि यसो गनै सकियो भने उनीहरुको पोखरा बसाई तीन दिन बढी लम्बिन सक्छ ।”

You might also like

Comments are closed.