अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पीडितलाई आपतकालीन राहत सामग्री प्रदान

काठमाडौं । सी.जी.। होल्डिङ्स अन्तर्गतको CSR Division अरुण चौधरी फाउण्डेशन(ACF) द्वारा जाजरकोट र रुकुम पश्चिमका विनाशकारी भूकम्प पीडितलाई आपतकालीन राहत सामग्री प्रदान गरेको छ ।

जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा भूकम्पका कारण व्यापक क्षती भएको र हाल त्यहाँको जिवन निकै कष्टकर वन्दै गएको छ, आधारभुत आवश्यक्ता जस्तै खाद्यान्न, औषधि, लत्ताकपडा र आवाशको अभाव हदै गएको छ । संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्नको लागि १६ टन राहत सामग्री उपलब्ध गराएको छ । संस्थाले उक्त राहत प्याकेज जाजरकोट, नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर राउतलाई सिधै हस्तान्तरण गरेको थियो ।

स्वस्फुर्त एवं सक्रिय प्रयासको रुपमा, सी.जी. । होल्डिङ्सका कर्मचारीहरूले समेत स्वेच्छा पुर्वक एक दिनको तलब उपलव्ध गराई राहत प्याकेजमा योगदान दिएका छन् । संस्थाले यस्तो कठिन समयमा सामूहिक प्रयासको महत्वलाई जोड दिदै सवैलाई प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई हर तरहले सहयोग गर्नका लागि प्रोत्साहन गरेको छ ।

footwear zone

यो योगदानले भूकम्प प्रभावित क्षेत्रहरुमा तत्काल सहयोग गर्न महत्वपुर्ण भुमिका खेल्नेछ भन्ने विश्वास संस्थाले व्यक्त गरेको छ ।

You might also like

Comments are closed.