पोखरा । नेपाल संवत ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवा खलः कास्कीलाई पुरस्कृत र सम्मान गरिने भएको छ । नेपाल भाषा तथा सांस्कृतिक क्षेत्रमा दुई दशकभन्दा लामो समय देखि काम गर्दै आएको झि पुचः (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले पोखरामा नेवा खलः कास्कीका कार्यसमिति र सल्लाहाकार तथा सदस्यहरु माझ जानकारी दिएको हो ।
यो पुरस्कार आगामी फागुन पहिलो साता कोशी प्रदेशका मुख्यमन्त्रीको प्रमुख आथित्यमा भव्य समारोह आयोजना गरि प्रदान गरिने पुचः का अध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए । सो दिन नेवा खलः कास्कि लाई पुरस्कारसहित सुशोभन, सम्मान र सांस्कृतिक स्मारिका समेत विमोचन गरिने झी पुचः ले जनाएको छ ।
नेवा खलः कास्कीका अध्यक्ष अशोाक पालिखेले यो सम्मानले नेवा समुदायमा अझ धेरै भाईचारा बढ्ने बताए । उनले संस्कृति संरक्षण र प्रवर्दनमा यसले ठुलो सहयोग पुग्ने बताए । सुदर्शन कपिला सिरपा पुरस्कारको स्थापना वि।सं। २०७६ (नेपाल संवत् ११४०)मा झी पुच का संरक्षक एवं समाजसेवी विराटनगर १० का सुर्दशन बहादुर श्रेष्ठ र उनका परिवारले स्थापना गरेका थिए ।

यो पुरस्कार नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवद्र्धन एवं जर्गेना गर्ने संस्था वा व्यक्तिलाई झी पुचः मार्फत प्रत्येक २÷२ वर्षमा कदर स्वरुप प्रदान गरिन्छ । उतिवेला श्रेष्ठ तथा उनका परिवारले सुर्दशन कपिला सिरपाद्वारा सम्मान र २ लाख नगद पुरस्कार दिनका लागी २० लाखको अक्षय कोष खडा गर्ने उद्घोष गरेअनुसार झी पुचः विराटनगरले सुर्दशन कपिला ट्रष्टको विनियमावली बनाई झी पुचःले विशेष समिति मार्फत काम गर्दै आएको छ ।
बिनियमावली अनुसार प्रत्येक १० वर्ष पछि सिरपा थ्रली रकममा ५० हजारका दरले थप गरी एकमुष्ठ बृद्धी रकम सहित सुर्दशन कपिला सिरपाबाट सम्मान एवम पुरस्कृत गर्ने कार्ययोजना रहेको झी पुचः ले जनाएको छ । यो पुरस्कारबाट पहिलोपटक वि।सं। २०७६ फागुन २ गते संस्कृतिविद सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो । त्यसपछि वि.सं. २०७८ मा सिक्कीम नेवा गुठीलाई सुर्दशन कपिला सिरपाबाट सम्मान गरिएको थियो ।
झी पुचः नेपाल भाषा तथा सांस्कृतिक संघ विराटनगरको स्थापना ४४ वर्ष अगाडी वि.सं. २०३८ ९नेपाल सम्बत ११०१० सालमा भएको थियो । आफनै सामुदायिक भवन, सचिवालय, संग्राहलय, राष्ट्रिय विभूति संखधर साख्वा स्मारक रहेको झि पुचःले प्रत्येक वर्ष नेपाल सम्बतको नयाँ वर्ष, बेल विवहा (इंहि), व्रतबन्ध (कयता पुजा), गाई जात्रा (सपारु) जस्ता संस्कृतिक कार्यक्रमहरु सामुहिक रुपमा आयोजन गर्दै आएको छ ।
यसका अलावा झि पुचः ले आफनै परिसरमा काठमाण्डौ पछि सबैभन्दा ठूलो आठ फिट उचाई भएको इष्ट देव भैरवको मूर्ति, नेवा संस्कृतिका महत्वपूर्ण कला सामग्री २ फिटको सिनम् ज्वलन्हेक र ५ फिटको सुकुण्डा प्रामाणमा निर्माण गरेकोछ । अब पूर्वमै पहिलो नेवाः संग्रहालय निमार्ण गर्न गइरहेको पुचः ले जनाएको छ ।




Comments are closed.