मेकानिक्सका सन्तानलाई गल्फ लुब्रिकेन्टले दियो छात्रवृत्ति

चितवन । गल्फ लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एकवर्षको लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामग्री बापतको १ लाख १५ हजार ३ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो ।

मेकानिक्सको रुपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ जेठ २ मा कोभिड महामारीका कारण मृत्यु भएको थियो । उनको काठमाडौं सामाखुशीमा बीसी अटो वर्कशप थियो । उनी इन्जिन मेकानिक्स थिए । मृतक चौधरीका सन्तानलाई कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्रदान गरेको हो ।

रत्ननगरको शिवकृपा अटो पार्ट्स सेन्टरमा आयोजित एक औपचारिक कार्यक्रममा कम्पनीकी मार्केटिङ म्यानेजर पुर्णिमा गौतम, चितवनका लागि नेपाल ल्युबको आधिकारिक विक्रेता आशिर्वाद ट्रेडिङका संचालक सुवास कँडेल, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव टिकादत्त अधिकारी, नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने लगायतले संयुक्त रुपमा चौधरी परिवारलाई चेक हस्तान्तरण गरेका हुन् ।

footwear zone

कार्यक्रममा स्वागत् मन्तव्य व्यक्त गर्दै कम्पनीकी मार्केटिङ म्यानेजर पुर्णिमा गौतमले मेकानिक्सहरु नेपाल ल्युब आयलको मेरुदण्डको रुपमा रहेको उल्लेख गर्दै उनीहरुको परिवारको जिम्मेवारी कम्पनीको काँधमा रहेको बताइन् ।

यस्तै कार्यक्रममा मन्तव्य राख्दै नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अटोमोबाइल्स क्षेत्रका उत्पादक तथा वितरकहरुले मजदुरहरुलाई खुसी पार्न भोजभतेर तथा खानपानमा लाखौ रकम खर्च गर्नु भन्दा मजदुरको सन्तानको शिक्षादिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा चितवन अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष रामबहादुर तिमल्सिना, संघका वरिष्ठ उपाध्यक्ष सादिक शेख, शिवकृपा अटो पार्ट्स सेन्टरका संचालक खडानन्द सेढाई लगायतको उपस्थिति थियो ।

आशिर्वाद ट्रेडिङ भरतपुरका संचालक सुवास कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रम चितवन अटोमोबाइल्स एसोसिएसनका कोपाध्यक्ष रामशरण भट्टराईले संचालन गरेका थिए ।

 

You might also like

Comments are closed.