बारकोट प्रिन्टिङ प्रडक्ट ‘इभोलिस’ पोखरामा सार्वजनिक

पोखरा । बारकोट प्रिन्टिङ प्रडक्ट पोखरामा सार्वजनिक गरिएको छ । ‘इभोलिस’ ब्राण्डको बारकोट प्रिन्टिङ मेसिन शनिबार पोखरामा सार्वजनिक गरिएको हो ।

नेपालको आधिकारिक बिक्रेता बारकोट नेपालको आयोजनामा कार्यक्रम भएको हो । त्यसैगरी जेटकेटी बायोम्याट्रिक मेसिन र फेनह्वील ब्राण्डका आइपी टेलिफोन पनि सार्वजनिक भएको छ । केलिना इन्टरनेशनलको स्थानीय व्यवस्थापनमा कार्यक्रम भएको थियो ।

पोखराका ७० जना व्यवसायीहरु कार्यक्रममा सहभागी रहेको केलिना इन्टरनेशनल प्रवन्ध निर्देशक सनरोज गुरुङले जानकारी दिए ।
कार्यक्रममा भारतबाट इभोलिसका प्रतिनिधिहरु पनि सहभागी थिए ।

footwear zone

बारकोट नेपालका सेल्स डिरेक्टर सञ्जय तिमिल्सिना, टेक्निकल डिरेक्टर हिमेश्वर श्रेष्ठ लगायतले प्रडक्टका बारेमा बोलेका थिए ।

You might also like

Comments are closed.