पोखरा । पोखरा महानगरपालिका वडा नंं २७ लेखनाथमा रहेको सोनिका व्युटिपार्लरले वार्षिकोत्सव मनाएको छ । व्युटिपार्लरले बिहीबार एक कार्यक्रमबीच १५औं वार्षिकोत्सव मनाएको हो ।
प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशकी महिला समिति अध्यक्ष, सौन्दर्यविद् तथा गुरुङ व्युटिपार्लरकी सञ्चालक चिनु गुरुङले वार्षिकोत्सव कार्यक्रमको तथा सेवा विस्तारको उद्घाटन गरेकी हुन् ।
उक्त अवसरमा बोल्दै गुरुङले सौन्दर्य व्यवसायमा महिलाहरुको सहभागिता बढिरहेको बताइन् । ‘व्यवसायको सुरुवात गर्नुभन्दा पनि निरन्तरता दिनु महत्वपूर्ण उपलब्धी हो,’ उनले भनिन् ।

कार्यक्रममा सोनिका व्युटिपार्लरकी सञ्चालक तथा व्युटिपार्लर एशोसिएसन लेखनाथ एकाईकी अध्यक्ष टिका पुनले लेखनाथबासी सेवाग्राहीहरुका लागि विशेष छुटको साथ पार्लरमा थप सेवा सुविधा विस्तार गरिएको जानकारी दिइन् ।

व्युटिपार्लर स्थापनाको १५ वर्षसम्म आफूलाई साथ दिने र सेवा लिने सम्पूर्ण सेवाग्राहीप्रति उनले आभार व्यक्त गरेकी छन् ।




Comments are closed.