नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनले प्रधानमन्त्रीलाई बुझायो मागपत्र

काठमाडौं । नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाएको छ । संगठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठको नेतृत्वमा संगठनले यातायात क्षेत्रका समस्या समाधानका लागि १८ बुँदे मागपत्र बुझाएको हो ।

२० वर्षे सवारी साधनलाई फिटनेसको आधारमा हटाउनुपर्ने, भारतीय नंवर प्लेटलाई ७२ घण्टे परमिट दिन नहुने, यातायात प्राधिकरण मार्फत सवारी आयातको नीति बनाउनु पर्ने लगायतमा १८ बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाएको संगठनका गण्डकी प्रदेश संयोजक प्रकाशमणि तिवारीले जानकारी दिए ।

यातायात व्यवसायीका समस्या समाधानका लागि सम्वन्धित निकायमा पहल गरिदिने प्रधानमन्त्रीको वाचा रहेको तिवारीले बताए ।

footwear zone

You might also like

Comments are closed.